मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ श्रावण २२ बिहीबार १५:२२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

इलाममा कार्यरत १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २२ बिहीबार १५:२२:००

इलामको सशस्त्र प्रहरी एक नम्बर गणमा कार्यरत १६ जनामा बिहीबार कोरोना संक्रमण देखिएको छ ।

सशस्त्र प्रहरीका ४२ जनाले १८ साउनमा दिएको स्वाब परीक्षणको नतिजामा १६ जनाको काेराेना पोजेटिभ आएको हो । 

हालसम्म उक्त गणका ४६ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भइसकेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए । उनले जिल्लामा हालसम्म दुई नेपाली सेना र एक प्रहरीमा समेत कोरोना पुष्टि भइसकेको बताए । हालसम्म इलाममा कोरोना संक्रमितको संख्या ७६ पुगेको बरालले जनाए ।

राससका अनुसार इलामको रोङ गाउँपालिकाका एक सय ५४ जनाको स्वाब परीक्षणमा भने सबैको नतिजा नेगेटिभ आएको छ । क्वारेन्टाइनमा बसेका, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । बरालका अनुसार इलाममा समुदायमा कोरोना नफैलिएको पाइएको छ ।