१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २२ बिहीबार १४:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा विवाद : प्रचण्ड–नेम्वाङ भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २२ बिहीबार १४:४४:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता सुवासचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ । 

बिहीबार दाहालनिवास खुमलटार पुगेका नेम्वाङ र प्रचण्डबीच नेकपामा देखापरेको विवाद समाधानका विषयमा छलफल केन्द्रित रहेको स्रोतले जनाएको छ । 

नेम्वाङले नेकपाका दुई अध्यक्षबीच छलफलबाट निकास निकाल्नुपर्ने सन्देश बोकेर गएको स्रोतले जनाएको छ । 

खासगरी अध्यक्ष दाहाल र अन्य नेताहरूले गुटको भेला गरी आ–आफ्नै अडानमा कायम रहेकाले तत्काल औपचारिक छलफल गर्नुको कुनै औचित्य नरहेको निचोडमा रहेको बालुवाटारका तर्फबाट नेता नेम्वाङ अध्यक्ष दाहाललाई भेट्न पुग्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।