मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ श्रावण २२ बिहीबार १४:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विप्लव समूहका जिल्ला सेक्रेटरीसहित चारजना पक्राउ

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ श्रावण २२ बिहीबार १४:१०:००

विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपाका रुकुम पश्चिम जिल्ला सेक्रेटरीसहित चार नेता–कार्यकर्ता पक्राउ परेका छन् । 

प्रहरीले जिल्लाको आठबिसकोट नगरपालिका–९, राडी बजारबाट जिल्ला सेक्रेटरी हिरामणि रावल ‘मञ्जित’सहित चारजनालाई पक्राउ गरेको हो । 

लुकिछिपी कार्यक्रम गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको मुसिकोट नगरपालिका–६, का ३९ वर्षीय जिल्ला सेक्रेटरी रावलसहित पार्टीका जिल्ला सदस्य २८ वर्षीय घमण्ड महर र विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष १९ वर्षीय प्रेमप्रशान्त बोहरा पक्राउ परेका हुन् । 

त्यस्तै सोही टोलीमा रहेका पार्टीका कार्यकर्ता २० वर्षीय तुलबहादुर घर्ती पनि पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

चेकजाँच गर्दा राडी बजारको एक होटेलको कोठामा छलफल गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको डिएसपी केसीले बताए ।