मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
भोजराज भण्डारी काठमाडौैं
२०७७ श्रावण २२ बिहीबार १२:५८:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

खोइ परीक्षण : फोहाेर संकलनमा काम गर्नेहरूको हुन सकेन कोरोना परीक्षण, कोरोना बिमा पनि छैन

Read Time : > 2 मिनेट
२०७७ श्रावण २२ बिहीबार १२:५८:००

दैनिक फोहोर संकलनका लागि काम गर्ने कर्मचारीहरूको अहिलेसम्म कोरोना परीक्षण भएको छैन । 

उनीहरूले पटकपटक आफ्नो कोरोना परीक्षण गर्नुपर्ने माग गरे पनि अहिलेसम्म कहीँकतैबाट सुनुवाइ नभएको उनीहरूले बताएका छन् । 

पछिल्लो समय कोरोना भाइरसको संक्रमणको दर बढेसँगै फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीको कोरोना परीक्षण गर्न आवाज उठाइरहेका छन् ।

नेपाल सरकारले सर्वसाधारणमा कुनै पनि सामान छोएपछि वा केही समय–समयको अन्तरालमा साबुनपानीले हात धुनुपर्ने सन्देश प्रवाह गरिरहेको छ । 

तर, पेसा नै फोहाेर संकलन गर्नेहरू भने सरकारकै सन्देश पछ्याउनु परको कुरा अहिलेसम्म एकपटक पनि उनीहरूमा कोरोना परीक्षण हुन पनि सकेको छैन । 

साथै उनीहरूले पटकपटक हात धुने भन्ने त परको कुरा स्यानिटाइजर प्रयोग गर्ने विषय पनि सम्भव देखिएको छैन । 

त्यसैले पनि यत्तिका लामो समय सम्म फोहोरमैला क्षेत्रमा काम गरेका कर्मचारीको कोरोना परीक्षण गर्न आवश्यक भएको फोहोरमैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरे बताउँछन् ।

काठमाडौं उपत्यकालगायत देशमा विभिन्न क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढ्दो गतिमा फैलिरहेको छ । 

खासगरी सहरका विभिन्न क्षेत्रबाट फोहोरमैला संकलन गर्नुपर्ने अवस्था रहेको र यसमा काम गर्नेहरू संक्रमित हुने जोखिम अत्यधिक भएकाले परीक्षण गर्न माग गरेको भए पनि सुनुवाइ नभएको घिमिरे बताए । 

फाेहोर  व्यवस्था गर्ने संघसंस्था र कर्मचारी भने विनासुरक्षा फोहोर उठाउन बाध्य भएको बताउने गरेका छन् । 

उनीहरूलाई सुरक्षाको उपकरण र माध्यम दिइएको छैन । कोरोनाको संक्रमण फैलनुभन्दा अघि जसरी फोहाेर संकलन हुन्थ्यो अहिले पनि सोही तरिकाबाट नै संकलन हुँदै आएको छ । 

कोरोनाको संक्रमणपछि सरकारले फोहोर व्यवस्थापन गर्ने कर्मचारीका लागि मास्क, स्यानिटाइजरलगायतको व्यवस्था गरेको भए पनि पर्याप्त हुन नसकेको संघका महासचिव घिमिरेले बताए । 

महानगरपालिकाहरूले केही थान पिपिई सेट र मास्क दिएको भए पनि त्यो अत्यन्त थोरै भएको उनले बताए । 

काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले फोहोरमैला व्यवस्थापन क्षेत्रमा काम गर्ने कर्मचारीमा कोरोना भाइरस परीक्षण गर्ने विषयमा छलफल भइरहेको  बताए ।

‘कुराहरू आएका छन्, हामीले  पनि छलफल गरिरहेका छौँ, सबैको परीक्षण गर्नुपर्छ भन्ने  छ, त्यसका लागि छलफलमा नै छौँ,’  डंगोलले भने ।

यसैबीचमा फोहोर व्यवस्थापन गर्ने सिसडाेलका बासिन्दा पनि कोरोनाको जोखिम हुन सक्ने भन्दै फोहोर फाल्न दिन कडाइ  गर्दै आएका छन् । सामान्य अवस्थामा काठमाडौं उपत्यकाबाट दैनिक दुईदेखि दुई सय ५० वटा  फोहोरको  गाडी सिसडाेल जाने गर्दछन् । 

कोरोना जोखिम बढेसँगै फोहोर व्यवस्थापनमा कमी आउनुका साथै कर्मचारी पनि डराउन थालेको उनी बताउँछन् ।

‘कर्मचारीहरूरुमा कोरोना परीक्षण आफैँ गराउने सक्ने अवस्थामा छैनन् । सम्भावित कर्मचारीको कोरोना परीक्षण गर्न महानगरसँग अनुरोध गरे पनि कार्यान्वयन भएको छैन,’ घिमिरे भन्छन्, ‘हामीले पटकपटक फोहोर व्यवस्थापनमा खटिएका कर्मचारीको  परीक्षण गराउन भनेका छौँ, मास्क, पिपिईलगायतको माग पनि गरेको छौँ, केही थान मास्क पाए पनि पर्याप्त कर्मचारीले पाउन सकेका छैनन् ।’

सरकारले जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीलाई कोरोना बिमा गर्नेदेखि निःशुल्क परीक्षण गर्नेसम्म निर्धारण गरिएको छ । तर, दैनिक फोहोरमैलामा काम गर्ने अधिकांश कर्मचारीको कोरोना बसमासमेत गरिएको छैन ।

कर्मचारी अभाव हुँदै
फोहोरमा कार्यरत कर्मचारीको अभाव हुन थालेको संघका महासचिव घिमिरे बताउँछन् । संक्रमण बढी भएको ठाउँहरूमा  फोहोर उठाउन जान नै नमान्ने अवस्था कर्मचारी  पुगेका छन् ।

अहिलेको अवस्थामा फोहोर व्यवस्थापनमा जोखिम रहेको भन्दै  फोहोर उठाउँदै आएका कर्मचारीले समेत फोहोर उठाउन नमानेको  घिमिरेले बताए । 

‘केही कर्मचारी अझै  उपत्यकाबाहिर भएकाले पनि आउन समस्या  नसकेकाले पनि फोहोर  व्यवस्थापन गर्ने कर्मचारीको  अभाव हुन पुगेको उनी बताउँछन् ।

बोरा बोकेर फाेहाेरमा कवाडी संकलन गर्नेहरू मास्कसमेत लगाउने अवस्था नभएकाले बिरामी पर्न थालेको संयुक्त सफाइ जागरण अभियानकी सदस्य माया तामाङले बताइन् । 

केहीलाई  विभिन्न  संस्थाहरूको  सहयोगमा परीक्षण पनि गराएको भए तापनि केहीमा रुँघा लाग्ने, टाउको दुख्नेलगायतका समस्या देखापरेको उनले बताइन् । 

‘दैनिक विभिन्न सडक गल्लीहरूमा हिँड्ने यस्ता मजदुरको कोरोना परीक्षण गर्न आवाज उठाइरहेका छाैँ, तर पनि कुनै पहल हुन  सकेको छैन,’ उनले भनिन् ।

उनका अनुसार फोहाेरबाट बोरामा प्लाष्टिकका सामान संकलन गर्नेहरू अहिले धेरै समस्यामा परेका छन् । उनीहरूले संकलन गर्ने सामान खरिद गर्ने खवाडी पसलहरू नखुल्दा उनीहरू समस्यामा परेको उनले बताइन् ।