मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २२ बिहीबार १२:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पाका जनप्रतिनिधि भन्छन्- आफ्नै कारणले जुम्ला गए डा. केसी 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २२ बिहीबार १२:०७:००

स्वास्थ्य शिविर सञ्चालनका लागि जगदुल्ला गाउँपालिका पुगेका डा. गोविन्द केसीलाई जनप्रतिनिधिले कुनै पनि अवरोध नगरेको गाउँपालिकाले जनाएको छ ।

गत १३ गते वडा नं. ६ मा पर्ने रिमी स्वास्थ्य चौकीमा पुगेका डा. केसीलाई सामान्य सोधपुछ गर्न लगाए पनि उहाँले भनेजस्तो शिविर सञ्चालन गर्न अवरोध गरिएको कुरा सत्य नभएको  भएको गाउँपालिकाका अध्यक्ष नरसिंह रोकायले बताए ।

‘डा. केसी जगदुल्ला पुग्नुभन्दा एक दिनअघि नै काठमाडाैं जानका लागि म जुफाल विमानस्थल पुगेको थिए, न उहाँसँग भेट नै भएको छ न त टेलिफोन सम्पर्क नै भएको छ, अनावाश्यक विवादमा पार्ने काम गरियो,’ उनले भने ।

‘उहाँ आएको जानकारी पाएपछि वडा नं. ६ का अध्यक्ष भक्तबहादुर बुढाथोकीलाई कुन संस्था, कहाँबाट आउनुभएको हो भनेर सोधपुछ गर्न भने लगाएको सत्य हो । उहाँकै हितका लागि समन्वय गरेर सजिलो होला, हामी पनि आवश्यक सहयोग गरौँला भनिएको हो । शिविर सञ्चालन गर्न नदिन, आधिकारिक अनुमति लिन भनिएको होइन,’ उनले थपे ।

‘डा. केसीले यति भनिसकेपछि शिविरका विषयमा कुरै नगरी वडाध्यक्ष फर्किएका हुन्, उनलाई धपाउन, हटाउन त्यस्तो कुनै पनि निर्देशन भएको होइन, डा. केसी आफ्नै कारणले फर्किएको हामीले बुझ्यौँ,’ रोकायले भने ।

१३ गते गाउँपालिकाअन्तर्गत पर्ने रिमी स्वास्थ्यचौकी पुगेका हाडजोर्नी विशेषज्ञ डा. केसी १४ गते  ८० जना बिरामी जाँच गरेर आफूलाई असहज भएको भन्दै  १५ गते बिहानै जुम्ला फर्किएका रिमी स्वास्थ्य चौकीले जनाएको छ ।

जुम्ला फर्किएलगत्तै उनले एक अनलाइन मिडियामा लेख लेखेर संघीय प्रणाली र जगदुल्ला गाउँपालिकाका जनप्रतिनिधिको व्यवहारको विरोधसमेत गरेका थिए ।