Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन झा काठमाडौं
२०७७ श्रावण २२ बिहीबार ११:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपा कार्यकारिणी बैठक : सात एजेन्डामा छलफल हुँदै, कोरोनाका कारण प्रशिक्षण तालिका स्थगित

Read Time : < 1 मिनेट
नवीन झा, काठमाडौं
२०७७ श्रावण २२ बिहीबार ११:३६:००

पार्टी एकीकरणपछि पहिलोपटक बसिरहेको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारणी बैठकमा बिहीबारदेखि सातवटा एजेन्डामा छलफल सुरु भएको छ । 

ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयनजिकै रहेको एक सभाहलमा बुधबारदेखि चलेको बैठकमा बिहीबारदेखि भने एजेन्डामा छलफल हुने भएकाे हाे । 

बुधबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले उक्त एजेन्डाहरू प्रस्तुत गरेका थिए । बिहीबारदेखि ती एजेन्डाहरू माथि छलफल सुरु गरिएको नेता वृषेशचन्द्र लालले जानकारी दिए । 

जसपाको पहिलो बैठकमा पार्टीको समायोजनसम्बन्धी निर्देशिका, आचार एवं व्यवहारसम्बन्धी आचारसंहिता, वर्तमान परिस्थिति र हाम्रो दायित्व, कार्यकारी समितिको कार्य विभाजन, संगठनात्मक कार्ययोजना, समसामायिक प्रस्ताव र विविध शीर्षकमा गरी तय गरिएको एजेन्डामा विस्तृत छलफल हुने उनले जानकारी दिए । 

सबै एजेन्डाहरूमाथि कार्यकारणी समितिका सदस्यहरूले विचार राखेपछि त्यसलाई पारित गर्ने कार्यक्रम रहेको उनले बताए ।

सुरुमा पहिलो बैठक भएकाले चार दिनसम्म प्रशिक्षण चलाउने र त्यसपछिको दुई दिन बैठक गर्ने कार्यतालिका जसपाले सार्वजनिक गरेको थियो । 

तर, पछिल्लो समयमा कोरोना संक्रमणका बढ्न थालेकाले बैठकलाई छोट्याइएको जनाइएको छ । 

अहिले प्रशिक्षण स्थगित गरेर सीधै एजेन्डामाथि छलफल गर्न लागिएको पार्टीले जनाएको छ ।