मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २२ बिहीबार ०६:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २२ बिहीबार ०६:०३:००

मदन पुरस्कार गुठीले २०७६ को मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक गरेको छ । वर्षभरिका एक सय ५१ पुस्तकबाट छनोट भएका सातमध्ये उत्कृष्ट एक पुस्तकले ०७६ को मदन पुरस्कार प्राप्त गर्नेछ । सूचीमा परेका पुस्तक विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुंगानाको ‘परित्यक्ता’, योगी धर्ममहारसको ‘महारसनिघण्टु (खण्ड १–३)’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित विष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ छन् ।

लोकतन्त्र प्राप्तिपछि लेखिएका कविता समावेश ‘जोकरको बन्दुक’ कवि विमल निभाको तेस्रो कविता कृति हो । यस्तै,चार दशकदेखि कविता लेखनमा सक्रिय पोखराका कवि तीर्थ श्रेष्ठका अहिलेसम्म लेखेका उत्कृष्ट कविताहरूको संगालो हो ‘धर्सैधर्साको चक्रव्यूह’ ।

नेपालय पब्लिकेसनमार्फत बजारमा आएको अर्को पुस्तक हो भुवन ढुंगानाकृत उपन्यास ‘परित्यक्ता’ । मदन पुरस्कारको सूचीमा परेको यो पुस्तक नारी अस्तित्वमाथि केन्द्रित छ । यस्तै, योगी धर्महारसलले लेखेको आयुर्वेद ज्ञानको संग्रह पुस्तक पनि मदन पुरस्कारको सूचीमा परेको छ ।

शिखा बुक्सले बजारमा ल्याएको पूर्वसांसद तथा लेखक चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ पनि पुरस्कारका लागि छनोट भएको छ । यस्तै, ‘मोहपथ’ युवा आख्यानकार ललित विष्टको पहिलो कथासंग्रह हो । दर्जनबढी कृति पाठकसम्म ल्याइसकेकी साहित्यकार शारदा शर्मा कथा, कविता र उपन्यासमा समानान्तर रूपमा कलम चलाउँछिन् । पछिल्लो दशकमा लेखिएका कविता र पुराना कविता समेटेर ल्याइएको संग्रह ‘यात्रामा’ यो वर्षको मदन पुरस्कारको मनोनयनमा परेको हो ।