मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण २१ बुधबार २१:१३:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मिर्चैया नगरपालिकामा १० दिन लकडाउन

Read Time : < 1 मिनेट
२०७७ श्रावण २१ बुधबार २१:१३:००

मिर्चैया नगरपालिकाले २२ देखि ३२ साउनसम्म लकडाउन गर्ने निर्णय गरेको छ । नगर क्षेत्रमा कोरोना संक्रमित फेला पर्न थालेपछि नगरपालिकाले लकडाउन घोषणा गरेको हो । 

नगरपालिकाद्वारा जारी सूचनाअनुसार यस अवधिका अत्यावश्यक सेवाअन्तर्गत दूध, पानी, औषधि पसल, एम्बुलेन्स, फलफूल, ग्यास पसल, पेट्रोल पम्प, राजमार्गमा चल्ने सवारी मात्रै सञ्चालन हुनेछन् । साथै लकडाउन अवधिमा बिहान १० देखि दिउँसो १२ बजेसम्म मात्रै खाद्यान्न सामग्री, कृषि सामाग्री, निर्माण साम्रागी, बीउ बिजन, मलखाद, मोटर पार्टस्, बैंक तथा वित्तीय संस्था खाेल्न पाइनेछ । नगरपालिका र वडा कार्यालयहरूले पनि अत्यावश्यकबाहेक अन्य सेवा प्रवाह नगर्ने मेयर श्रवण यादवले बताए ।