१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ श्रावण २१ बुधबार २०:२३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

विराटनगरकी ९० वर्षीया वृद्धाले जितिन् कोरोना

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ श्रावण २१ बुधबार २०:२३:००

विराटनगर महानगरपालिका– ६ की ९० वर्षीया मधुदेवी भट्टराई कोरोनामुक्त भई बुधबार अस्पतालबाट डिस्चार्ज भएकी छिन् । उनी १० साउनमा कोसी अस्पताल कोभिड– १९ उपचार केन्द्र विराटनगरमा भर्ना भएकी थिइन् । 

कोसी अस्पतालका  मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार मधुदेवी मधुमेह, उच्च रक्तचाप र नसासम्बन्धी रोगबाट पीडित थिइन् ।  उपचार केन्द्रमा भर्ना भएको १० दिनपछि स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनलाई डिस्चार्ज गरेको मेसु दासले बताए । उनलाई प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले पुष्पगुच्छा दिएर बिदाइ गरे ।

मधुदेवीसँगै उनकी बुहारी पनि डिस्चार्ज भएकी छिन् । पिसिआर परीक्षणका क्रममा वृद्धासँगै छोरा, बुहारी र नातिमा पनि संक्रमण देखिएको थियो । छोरा र नाति अझै उपचार केन्द्रमा उपचाररत छन् । बुधबार कोसी कोभिड–१९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएका छन् ।