१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २१ बुधबार १९:११:००
Read Time : < 1 मिनेट
समाचार

पहिरोले धुन्चे–स्याफ्रुबेंसी सडकको भार्खुडाँडा खण्ड भासियो, रसुवागढी नाका आउजाउ बन्द

Read Time : < 1 मिनेट
२०७७ श्रावण २१ बुधबार १९:११:००

पहिरोले धुन्चे–स्याफ्रुबेंसी सडकखण्डको भार्खुडाँडामा सडक भासिएको छ । सडक भासिँदा चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जान–आउन पनि बन्द भएको छ । आइतबार राति वर्षासँगै आएको पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको हो ।

करिब पाँच सय मिटर सडक भासिएको छ । सडक सञ्चालनमा आउन करिब एक साता लाग्ने सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख राजेशकुमार दासले बताए । ‘एकतर्फी बाटो खुलाउन पनि एक साता लाग्न सक्छ,’ उनले भने,  ‘टेवा पर्खाल निर्माणपछि मात्रै दुईतर्फी बाटो खुल्नेछ ।’  

सडक सुचारु गर्नका लागि बुधबारदेखि काम सुरु भएको छ । सडकको कुनाबाट नयाँ ट्रयाक खोल्ने काम सुरु भएको दासले बताए । बर्खायाम सुरु भएसँगै यो सडक खण्डको विभिन्न स्थानमा पहिरो गएको छ । यसैगरी रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडक पनि १ साउनदेखि बन्द छ । नाका जोड्ने सडक अवरुद्ध हुँदा नाकाबाट सामान लिएर गन्तव्यमा जान लागेको २० वटाभन्दा बढी कन्टेनर बीचमै रोकिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।