मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २१ बुधबार १६:५४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित थप दुईजनाको मृत्यु, हालसम्म निधन हुनेको संख्या ६० पुग्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २१ बुधबार १६:५४:००

कोरोना संक्रमित थप दुईजनाको निधन भएको छ ।

निधन हुने दुवै पर्सा जिल्लाका हुन् । योसँगै देशभर संक्रमण देखिएर मृत्यु हुनेको संख्या ६० पुगेको छ । 

पर्सा जिल्ला पोखरिया नगरपालिका– ९ बस्ने १८ वर्षीया महिलाको उपचारार्थ अस्पताल लैजाँदै गर्दा मंगलबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

झाडापखाला लागेपछि उनलाई उपचारार्थ वीरगन्जस्थित नेसनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनको स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका– ५ बस्ने ४६ वर्षीय पुरुषको बुधबार उपचारकै क्रममा मृत्यु भएको छ । केही वर्षदेखि मधुमेहका बिरामी रहेका उनलाई ज्वरोसँगै खोकी लागेपछि अस्पताल भर्ना गरिएको थियो ।

उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएपछि मंगलबारदेखि आइसोलेसनमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको गौतमले बताए ।