मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २१ बुधबार १६:३४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौंका थप ६२ जनामा कोरोना पुष्टि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २१ बुधबार १६:३४:००

उपत्यकामा बुधबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकाको काठमाडौं जिल्लाका ५७ र ललितपुरका पाँचजनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ललितपुरका एक र काठमाडौका १४ जनामा संक्रमण पुष्टि भएकोे हो । 

त्यसैगरी नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ११ जनामा कोरोना देखिएको छ । स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौं एक र ललितपुरका दुईजनामा संक्रमण पुष्टि भएको हो । 

त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुईजना र ललितपुरका दुईजनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

त्यसैगरी बिआइडिएच प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा संक्रमण देखिएको छ ।