Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ६ मंगलबार
  • Tuesday, 22 September, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २१ बुधबार १६:२४:००
कोरोना अपडेट डिजिटल संस्करण

काेराेना मिटर : थप तीन सय ८१ जनामा संक्रमण पुष्टि, कुल संक्रमितकाे संख्या २१ हजार तीन सय ९० पुग्याे

नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २१ बुधबार १६:२४:००

पछिल्लाे २४ घन्टामा गरिएकाे परीक्षणमा थप तीन सय ८१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म कुल संक्रमितकाे संख्या २१ हजार तीन सय ९० पुगेकाे छ । 

यो अवधिमा ६ हजार तीन सय ५९ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

बुधबार एक सय ३० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार एक सय ५६ पुगेको छ ।

हाल सक्रिय संक्रमित भने ६ हजार एक सय ७४ जना रहेको गौतमले जानकारी दिए ।

क्वारेन्टाइनमा बस्नेको संख्या नौ हजार नौ सय २५ छ ।