१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २१ बुधबार १६:१७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बारामा २२ जना कोरोना संक्रमित थपिए, चिकित्सकदेखि प्रहरीसम्म संक्रमित

Read Time : < 1 मिनेट
२०७७ श्रावण २१ बुधबार १६:१७:००

बुधबार बारामा चार महिलासहित २२ जनामा कोरोना पोजेटिभ देखिएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पाँचजना प्रहरीसहित २२ जनामा संक्रमण पुष्टि भएको हो । 

इलाका प्रहरी कार्यालय, पर्सौनीका पाँचजना प्रहरी जवानसहित प्राथमिक स्वास्थ्य केन्द्र सिमराका चिकित्सकलगायत चारजना स्वास्थ्यकर्मी र एकजना पत्रकारसमेत रहेका छन् । 

सिमरामा रहेको क्वारेन्टाइनमा स्वाब संकलन गरिएका एक सय ५० मध्ये १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सबै संक्रमितहरूलाई कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सञ्चालित अस्पतालमा लैजाने तयारी भइरहेको बारा प्रहरीका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । 

हालसम्म जिल्लामा कोरोना संक्रमितहरूको संख्या दुई सय ३९ पुगेको छ । यस्तै, संक्रमण निको भएर घर फर्किनेको संख्या एक सय ८७ पुगेको छ । जिल्लामा कोरोना संक्रमणबाट तीनजनाले ज्यान गुमाइसकेका छन् ।