१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ श्रावण २१ बुधबार १६:१२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्मचारीमा संक्रमण देखिएपछि कैलारी गाउँपालिकामा लकडाउन

Read Time : < 1 मिनेट
२०७७ श्रावण २१ बुधबार १६:१२:००

कोरोना संक्रमण बढ्न थालेपछि कैलालीको कैलारी गाउँपालिकामा लकडाउन गरिएको छ । 

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि बुधबारबाट लकडाउन गर्ने निर्णय गरिएको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए ।

कैलारी–१ स्थित दीपेन्द्र माविको क्वारेन्टाइन व्यवस्थापनमा खटिएका तीनजनामा कोरोना मंगलबार संक्रमण पुष्टि भएको थियो । 
क्वारेन्टाइनमा खटिएका एक जना स्वास्थ्यकर्मी, खाना पकाउने एकजना भान्से र एकजना चौकीदारमा संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि हुनुअघि संक्रमितहरू धेरैको सम्पर्कमा पुगेको पाइएको गाउँपालिकाले जनाएको छ ।

संक्रमण थप विस्तार हुन नदिन लकडाउन कडाइका साथ कार्यान्वयन गरिने कलेलले बताए । 

लकडाउन अवधिभर बजार, सार्वजनिक तथा निजि सवारीसाधन आवतजावत आदि सबै बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।  

यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घन्टामा दुई सय ८६ नमुना जाँच गरिएकोमा कैलालीका २१ सहित ३२ जनामा संक्रमण पुष्टि भएको छ । 

थपिएका संक्रमितमध्ये कैलालीको लम्की–चुहा नगरपालिकाका १७ जना, भजनी नगरपालिकाका दुई र टीकापुर नगरपालिकाका एकजना रहेका छन् ।

यस्तै अछामका सातजना, बझाङका तीन र कञ्चनपुरका एकजनामा संक्रमण देखिएको प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले जानकारी दिए । 

अछाममा संक्रमितमध्ये दुईजना दुई वर्षका हुन् ।