Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज २ शुक्रबार
  • Friday, 18 September, 2020
२०७७ श्रावण २१ बुधबार १६:१३:००
कोरोना अपडेट डिजिटल संस्करण

नेकपाका सर्लाही जिल्ला अध्यक्षलाई कोरोना संक्रमण

२०७७ श्रावण २१ बुधबार १६:१३:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले बुधबार विज्ञप्ति जारी गर्दै आफू संक्रमित भएको सार्वजनिक गरेका हुन् ।

हल्का ज्वरो आएपछि काठमाडौं आएका उनको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

उनी चिकित्सकको सल्लाहअनुसार अहिले होम आइसोलेसनमा बसेका छन् ।

पन्तले सर्लाहीमै आफूलाई संक्रमण भएको बताए । 

‘सर्लाहीमै रहँदा केही असहज महसुस भएको र कोरोनासँग मिल्दो लक्षण देखिएपछि परीक्षण गराउन काठमाडौं आएँ,’ उनले भने, ‘मेरो अवस्था ठीक छ ।’

उनले आफूसँग केही दिनयता सम्पर्कमा आएका सबैलाई पिसिआर परीक्षण गराउन आग्रह पनि गरेका छन् । 

साथै उनले कुनै लापरबाही नगर्न र सतर्कता अपनाउन सबैलाई अपिल गरेका छन् ।