१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २१ बुधबार १५:१०:००
Read Time : > 3 मिनेट
स्वास्थ्य र जीवनशैली डिजिटल संस्करण

खेलाडीलाई कस्तो डाइट उपयुक्त ?

Read Time : > 3 मिनेट
२०७७ श्रावण २१ बुधबार १५:१०:००

ब्राजिलियन मिडफिल्डर अथुर मेलो डाइट (पोषण) मा ध्यान दिने खेलाडीमा पर्छन् । दैनिक ‘वर्कआउट’ अनुसार अथुरले डाइट चाट फिक्स पारेका हुन्छन् ।

मैदानमा शतप्रतिसत नतिजा दिलाउने उद्देश्यका साथ अथुर कुनै पनि दिन डाइट चाट भन्दाबाहिर जादैनन् । उनले डाइटकै लागि एक विशेषज्ञ नै नियुक्त गरेका छन् । न्युट्रिसन (पोषणविज्ञ) बारलेजीले अथुरको दैनिकी खानपिन रेखदेख गर्छन् । 

अथुरले दैनिक प्रयोग गर्ने डाइट प्राकृतिक छ । उनी प्रशोधन खाना सधै टाढा रहन्छन् । शरीरलाई स्वस्थ राख्न उनी चिल्लो, पिरो तथा गुलियो छुदै छुदैनन् । 
अझ बार्सिलोनाको खेल हुनु पर्छ, त्यसबेला न्युट्रिसन बारलेजीले उनलाई फरक ‘डाइट सेडुयल’ उपलब्ध गराउँछन् । खेल हुँदा उनी कार्बोहाइड्रेट युक्त खाना, अत्याधिक भिटामिन फलफुल र जुस लिन्छन् । 

यहाँ ब्राजिलियन मिडफिल्डर अथुरलाई उदाहरण स्वरुप प्रस्तुत गर्न खोजिएको कारण एउटै मात्र हो, खेलाडीले पोषण सम्वन्धि कतिसम्म सचेतना अपनाउनु पर्छन् ।

राष्ट्रिय देखि अन्तर्राष्ट्रियस्तरसम्म प्रतिस्पर्धामा एकै नाशको नतिजा निकाल्न डाइट अपरिहार्य नै मानिएको छ । ओलम्पिक र विश्व च्याम्पियनसम्मका पदक विजेता खेलाडीले विहान देखि बेलुकासम्म निश्चित डाइट तालिका बनाएका हुन्छन् । चार बर्षपछि प्रतिस्पर्धामा उर्तदा पजि उनीहरुको सुखद नतिजाका साथ घर फर्कन्छन् ।

यसै अन्तर्राष्ट्रिय खेलाडीहरको डाइटको चर्चा गरिरहँदा नेपालका खेलाडी यस सम्वन्धी कति जानकार छन् ? खेल अनुसार खेलाडीले डाइट लिइ राखेका छन् ।

 एउटा विडम्बना नै भन्नुपर्छ, रंगशालामा प्रतियोगितामा खेल्दा वा अभ्यासपछि हाम्रा अधिकाम्स खेलाडी यसै क्षेत्रका लोकल होटलमा उपलब्ध भएका चना, आलु, सेल, चाउमिन आदि चिल्लो पोषण युक्त खाना खान्छन् । रंगशालामा आउने जो कोही पनि खेलाडी ‘खेलाडी चोक’ मा रहेका पसलकै खान अभ्यस्त भइसकेका छन् । 

धेरैले विर्सेका छैनन्, नेपालगन्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकु्द प्रतियोगिता हुँदा एथलेटिक्स धावकले ‘चना चटपट र वाइवाइ चाउचाउ’ डाइट स्वरुप प्रयोग गरेका थिए । यसैगरी १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा प्रशिक्षणमा रहेका खेलाडीले दिउसो स्याउ र जुसकै भरमा अभ्यास गरे । यी उदाहरणले यो स्पष्ट पार्छ कि धेरै जसो घरेलु खेलाडीले कुन समयमा के खान मिल्छ भन्ने हेक्का राखेका छैनन् ।

अझ कोभिड–१९ को महामारी समयमा खेलाडी घरमै बसेका छन् । घरमै प्रशिक्षण गरेका छन् । १ भदौ देखि मैदानमा फर्केन तयारी गरेका छन् । यस्तो परस्थितिमा उनीहरुले अर्को ध्यानु पर्ने पक्ष भनेकै डाइट (षोषण) तालिका हो । 

यद्यपि विदेशी खेलाडीले जस्तो नीजि खर्चमा डाइटिसेन वा न्युट्रिसन राख्न सक्ने हैषियत नेपालको खेलकुद विकास भएको छैन । तर खेलाडीले आफ्नो प्रशिक्षक वा चिकित्सकसँग सल्लाह गरी डाइट सम्वन्धी जानकारी लिन सक्ने तेक्वान्दो प्रशिक्षक दीपक विष्ट मान्छन् । 

विष्ट भन्छन्, ‘खेलाडीले कसरी प्रशिक्षण र खेल अनुसार  ब्यालेन्स डाइट मिलाउनु पर्छ ।’ दक्षिण एसियाली खेलकुदमा तेक्वान्दोमा नेपाललाई लगातार चार स्वर्ण दिलाएका विष्टले डाइट नमिल्दा नै पछिल्लो खेलाडी चोटग्रस्त हुन थालेको निष्कष निकाले छन् ।

 ‘केही समययता खेलाडीले धेरै प्रशिक्षण गरिरहेका छन्, प्रशिक्षण अनुसार उनीहरुको डाइट मिलेको जस्तो लाग्दैन, खेलाडीहरुले चोट बोक्नुको प्रमुख कारण नै यही नै हो,’ विष्ट भन्छन्, ‘खेलाडीले आराम गर्न पाएका छैनन्, एक पछि अर्को प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्, उनीहरुले डाइट फलो नै गरेका छैनन ।’ 

 

खेलाडी जीवनमा आफूहरुले पनि रंगशाला वरिपरकै होटलका चना र अन्डाकै भरमा प्रतियोगितामा सहभागिता जनाएको उनले स्मरण गरेका छन् । ‘हामीले पनि रंगशाला बाहिर उपलब्ध पसलकै चना, अन्डा र आलु आदि खाएँ,’ विगतका दिन सम्झदै उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदा उनीहरुको खानपिन हेरे पछि मात्र डाइट सम्वन्धी जानकारी भयो, नभए हामीलाई कुन समयमा कस्तो खाना लिनु पर्छ भन्ने हेक्का नै थिएन ।’ 

स्वास्थ्यको दृष्ट्रीकोणले हेर्दा गर्मी र चिसो मौसममा खेलाडीले त्यस अनुसार डाइट लिनु पर्ने राष्ट्रिय खेलकुद परिषद्का डाक्टर राजु डंगोलले सुझाव दिएका छन् । डा. डंगोल भन्छन्, ‘खेलाडीले गर्मीमा के खाने र कति खाने निश्चित गर्नुपर्छ, दैनिक सन्तुलित खाना आवश्यकता पर्छ ।’ गर्मीमा जथाभावी खान नहुने डा. डंगोलको बुझाइ छ ।  उनका अनुसार गर्मीको समयमा प्रशिक्षणमा रहेका खेलाडीले प्रोटिनयुक्त तथा क्यालोरी (काब्रोहाइड्रड), भिटानभिन र खनिज तथा पानी भएका खानेकुरा राज्नुपर्छ ।

खेलाडीहरुले दही, काक्रो, फलपु्mल तथा सलादमा ध्यान बढी दिनुपर्ने जोड उनले दिएका छन् । ‘खेलाडीले आफ्नो नियमित खानमा यस्ता सलाद प्रयोग गर्दा राम्रो हुन्छ,’ उनले भने । खेलाडीले शरीरको तापक्रम सन्तुलन राख्न पनि धेरै पानी पिउन सल्लाह उनी दिन्छन् । 

डा. डंगोल भन्छन्, ‘हामीहरुको शरीरको तापक्रम स्थीर बनाउन पनि पानी पिउनु पर्छ ।’ विभिन्न खेलका खेलाडीसँग लामो समयदेखि अनुभव बटुलेका चिकित्सक डंगोलले विशेषत खेलाडीहरुले मसलदार र चिल्लो खाना रोज्न नहुने बताए । 

नेपाली खेलकुदमा लामो समयदेखि अनुसन्धान गरिरहेका खेलकुद विज्ञ दिवाकरलाल अमात्यले खेलाडी फिट रहन ब्यालेन्स डाइट (सन्तुलित) खाना प्रयोग गर्नुपर्ने बताए । खेलाडीहरुले ब्यालेन्स डाइटको अवधारणा कमै मात्र बुझेको उनले जनाए । अमात्य भन्छन्, ‘खेलाडीहरुले काब्रोहाइड्रेड र प्रोटिन यु्क्त खान कति खाने हो ? धेरै खेलाडीले सन्तुलित खाना के भन्ने बुझेका छैनन, मन लागेको जस्तो डाइट लिइरहेका छन् ।‘ 

खेलकुद सुचारु नहुँदा खेलाडीहरु झनै खानपिनमा सजक हुनुपर्ने उनले बताए । खेलविज्ञ अमात्यका अनुसार खेलाडीले प्रोटिन बढाउन प्रोटिन युक्त खान अत्याधिक खादा नि शरीरलाई हानी पु¥याउँछ । ‘धेरै प्रोटिन भएको खाना पनि खानु हुँदैन, शरीरले प्रोटिन पचाउन सकिइएन भने किड्नीमा असर गर्छ,’ अमात्यले भने, ‘मन लागेको जस्तो मासु, माछा अन्डा खानु भएन, अवस्था हेरी यो लिनु पर्छ ।’

खेलाडीहरुले सलाद र फुलफुल प्राथमितामा राख्दा फाइदा जनक हुने उनले बताए । अमात्य भन्छन्, ‘मेवा, स्याउ, केरा, गाजर, स्याउ फुलफुल खानुपर्छ, शरीर थाकेको बेलामा पानीको मात्रा बढी चाहिन्छ, यस्तोमा यी फलफुलले पानीको परिपूर्ति गर्छ ।’ बजारमा भएको जंक र फास्ट फुड नखान खेलाडीलाई सल्लाह उनले दिए । भन्छन्, ‘खेलाडी सकेसम्म जंक, फास्ट र प्लास्टिक भित्र फुडबाट टाढा रहँदा नै राम्रो हुन्छ, किन भने यो खानेकुरा जति खाए पनि शरीरमा लाग्दैन ।’ खेलको प्रकृति अनुसार खेलाडीको डाइट पनि परिवर्तन हुने उनले जनाए । 

‘भारोत्तोलन र चेस खेल्ने खेलाडीको खाना नै फरक हुन्छ,’ उनले भने, ‘यस कारण नै खेलाडीले आफू कुन खेलसँग सम्वन्धित हो, त्यस अनुसारै दैनिक डाइट चाट बनाउनु पर्छ, खेलाडीले फलफुल र हरियो सागसब्जी धेरै खान केही नोक्सानी गर्देन ।’