मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/सिन्ह्वा नयाँ दिल्ली
२०७७ श्रावण २१ बुधबार १४:३८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतमा कोरोना संक्रमितको संख्या १९ लाख नाघ्यो 

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा नयाँ दिल्ली
२०७७ श्रावण २१ बुधबार १४:३८:००

भारतमा कोरोना संक्रमितको संख्या १९ लाख नाघेको छ । 

पछिल्लो २४ घन्टामा भारतमा ५२ हजार पाँच सय नौजनामा कोरोना पुष्टि भएपछि संक्रमितको संख्या १९ लाख आठ हजार दुई सय ५४ पुगेको बुधबार त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा गत २४ घन्टामा कोरोना संक्रमण भएर आठ सय ५७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३९ हजार सात सय ९५ पुगेको छ । 

सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस संक्रमितमध्ये १२ लाख ८२ हजार दुई सय १५ जना निको भइसकेका छन् । 

भारतमा मंगलबारसम्ममा कोरोना भाइरस निको हुने दर ६६.३० प्रतिशत रहेको छ । हाल भारतमा पाँच लाख ८६ हजार दुई सय ४४ जना मात्र सक्रिय संक्रमित छन् । 

कोरोना संक्रमणबाट भारतको महाराष्ट्र सबभन्दा बढी प्रभावित छ । दोस्रो बढी संक्रमित राज्यमा तमिलनाडु र तेस्रोमा राजधानी रहेको दिल्ली रहेको छ ।