१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २१ बुधबार १४:१३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिमरा विमानस्थलमा बुद्धको ७२ सिटे एटिआरको परीक्षण उडान

Read Time : < 1 मिनेट
२०७७ श्रावण २१ बुधबार १४:१३:००

बुद्ध एयरको एटिआर ७२, ५०० सिरिजको जहाजले बाराको सिमरा विमानस्थलमा परीक्षण उडान गरेको छ ।  बुधबार काठमाडौंबाट १७ जना प्राविधिकसहितको टोली लिएर बारा आएको बुद्धको जहाजले दक्षिण र उत्तर गरी दुवैतर्फबाट उडान तथा अवतरण गरी सफलतापूर्वक परीक्षण उडान गरेको विमानस्थल कार्यालय, सिमराका प्रमुख वसन्त गौतमले बताए । 

यसअघि बुद्धका एटिआर ४२, ३२० सिरिज र बिच १९ डी एयरक्राफ्टले मात्र सिमरा विमानस्थलमा सेवा प्रदान गरिरहेका थिए ।  चैत ११ गतेअघि दैनिक सातवटा सेड्युलबाट नियमित उडान गर्दै आएको बुद्धले भदाै १ गतेदेखि हुने उडानका लागि ७२ सिटे एटिआर ७२ ले उडान भर्न लागेको बुद्ध एयर सिमरा कार्यालयले जनाएको छ ।

नेपालकै सबैभन्दा पुरानो सिमरा विमानस्थलको लम्बाइ ११९० मिटर रहेको छ । औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौं छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल सधैँ भिडभाड हुने गर्दछ । 

चैत ११ गते अघि तीन हजार एक सय २० रुपैयाँ भाडादर तय गरेको बुद्धले भदौ १ गते देखि काठमाडौं–सिमरा उडानका लागि दुई हजार नौ सय पाँच रुपैयाँ भाडादरसमेत तय गरेको बुद्ध एयर सिमराका प्रमुख सुरेश रेग्मीले जानकारी दिए । 

सिमरा विमानस्थलले सामाजिक दूरीदेखि सुरक्षाका अन्य कार्यको समेत पूर्ण तयारी गरेको जनाएको छ । बुद्ध एयरबाहेक नेपाल एयरलाइन्स र श्री एयरलाइन्सले समेत काठमाडौं–सिमरा उडान भर्दै आएका छन् ।