मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ श्रावण २१ बुधबार १३:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बलात्कार आरोपमा वडासचिव पक्राउ

Read Time : < 1 मिनेट
२०७७ श्रावण २१ बुधबार १३:३६:००

कैलालीको भजनी नगरपालिका– ४ का वडासचिव सुमनकुमार चौधरी बलात्कार आरोपमा पक्राउ परेका छन् । 
उनमाथि एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीमा एक महिलाले आफूलाई बलात्कार गरेको आरोपमा  १८ गते  उजुरी दर्ता गरेपछि वडासचिवलाई पक्राउ गरिएको  प्रहरीले जनाएको छ  । 

जिल्ला प्रहरीको आदेशमा वडासचिव चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरी जिल्ला ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताए ।

वडाध्यक्ष जन्ताराम चौधरीले वडासचिव  र उक्त महिलाबीच पुरानो सम्बन्ध रहेको पाइएको बताए । 

सम्बन्ध बिग्रिएपछि बलात्कारको आरोप लगाई वडासचिव चौधरीलाई फसाउन बलात्कारको आरोप लगाएकाे हुन सक्ने उनले बताए । 

महिलाले जिल्लामै पुगेर उजुरी दर्ता गरेपछि मात्र घटना सार्वजनिक भएको हो । घटनाबारे अनुसन्धानपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।