मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २१ बुधबार १३:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धरान खानेपानी तोडफोड घटना : पाइप तोडफोड गर्ने एक पक्राउ

Read Time : < 1 मिनेट
२०७७ श्रावण २१ बुधबार १३:१६:००

धरानस्थित खानेपानीको मुहानको पाइपलाइनमा तोडफोड गरेको आरोपमा स्थानीय हर्क साम्पाङलाई प्रहरीले पक्राउ गरेको छ । 

मंगलबार राति पक्राउ गरी बुधबार जिल्ला अदालत सुनसरीमा म्याद थप गर्न लगिएको इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । 

पानीको मुहान क्षेत्रमा क्षति पुऱ्याएको भन्दै कारबाहीका लागि धरान उपमहानगरपालिका खानेपानी व्यवस्थापन बोर्डले मंगलबार बेलुका किटानी जाहेरी दिएपछि साङपाङलाई राति पक्राउ गरिएको थियो । 

सोमबार खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठसहित साङपाङको समूहले मुहानमा पुगेर पाइप तोडफोड गरेका थिए । 
श्रेष्ठका विरुद्धसमेत जाहेरी परे पनि उनी भने पक्राउ परेका छैनन् । श्रेष्ठ सोमबार नै काठमाडौं पुगेको बताइएको छ । 

उपनिर्वाचनमा नगरप्रमुखको उम्मेदवारसमेत रहेका सामपाङलाई म्याद थपका लागि लाने क्रममा उनका समर्थकहरूले अवरोध गर्न खोजेका थिए । 

साम्पाङमाथि बोर्डको जाहेरीअनुसार सार्वजनिक सम्पत्तिको तोडफाेड र अत्यावश्यक सेवामा अवरुद्ध मुद्दामा म्याद थप गर्न लागिएको डिएसपी बस्नेले जानकारी दिए । 

म्याद थपका लागि इनरुवा अदालत लगिएपछि उनका समर्थकहरूले नाराबाजी गरेका थिए ।

चर्चामा आउन सामपाङले सामाजिक सञ्जालबाट धरानका सामाजिक क्षेत्रको मुद्दामा आवाज उठाउँदै आएका थिए ।