१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/एएफपी/एएनआई बेरुत
२०७७ श्रावण २१ बुधबार १२:४४:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

लेबनानमा भएको विस्फोटमा सयभन्दा बढीको मृत्यु,  चार हजारभन्दा बढी घाइते

Read Time : > 1 मिनेट
रासस/एएफपी/एएनआई बेरुत
२०७७ श्रावण २१ बुधबार १२:४४:००

लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटमा परी एक सयभन्दा बढीको ज्यान गएको छ । 

करिब दुई हजार सात सय ५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको विस्फोटमा परी चार हजारभन्दा बढी घाइते भएका छन् । गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो । 

सो विस्फोट निकै टाढासम्म सुनिएको यहाँका स्थानीयवासीले जनाएका छन् । अहिले पनि सो विस्फोटपछि धुवाँ उडेका तस्बिरह? यहाँका सञ्चारमाध्यमहरूले दिइरहेका छन् । 

ती तस्बिरहरू हेर्दा अवस्था निकै क्षतविक्षत देखिएको छ । विस्फोटपछिका अनलाइनमा राखिएका भिडियाेहरूमा धुवाँको विशाल मुस्लो देखिएको छ र यहाँ धेरै क्षति भएका भौतिक संरचनाको अवस्था पनि देखिएको छ 

त्यस गोदाममा कुनै बाह्य आक्रमण भएका कारण यो विस्फोट भयो कि आफैँ विस्फोट हुन पुगेको हो भन्ने कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ । 

लेबनानका गृहमन्त्री मोहम्मद फाहमीले सो गोदाममा एमोनियम नाइट्रेट राखिएकाले त्यो विस्फोट शक्तिशाली हुन पुगेको र यसले ठूलो क्षति पुऱ्याएको बताए ।

लेबनानका प्रधानमन्त्री हासान डियाबले सो विस्फोटलाई देशको ठूलो विपत्ति भएको बताएका छन् । उनले अनुसन्धान सुरु भइसकेको र दोषीहरूलाई जवाफदेही बनाइने उल्लेख गरे ।

एउटा टेलिभिजनमा सम्बोधन गर्दै उनले घटनामा संलग्नहरूलाई कडा कारबाही गरिने र उनीहरूलाई उम्किन नदिइने बताए ।

गोदाममा राखिएको एमोनियम नाइट्रेटको अवस्थाबारे जाँचबुझ गरी पाँच महिनाअघि नै लेबनान सरकारलाई प्रतिवेदन बुझाइएको पनि सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिवेदनमा एमोनियम नाइट्रेटको भण्डारमा सुरक्षा सतर्कता अति जरुरी रहेको औँल्याइएको थियो ।

सो विस्फोटप्रति राष्ट्रपति ट्रम्पसहित विश्वका नेताद्वारा दुःख व्यक्त गरेका छन् ।

लेबनानमा भएको विस्फोटबाट कैयौँ नागरिकको ज्यान गएको घटनाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् । 

ह्वाइटहहाउसमा आयोजना गरिएको प्रेस भेटघाटमा उनले घटना डरलाग्दो भएको बताए ।