Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण २१ बुधबार ११:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निषेधाज्ञामा पनि तस्करी रोकिएन : पर्सामा ३६ किलो चरेस बरामद

Read Time : < 1 मिनेट
२०७७ श्रावण २१ बुधबार ११:५६:००

पर्सामा कोरोना संक्रमणको जोखिम उच्च रहेकाले अनिश्चितकालका लागि निषेधाज्ञा जारी छ । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना संक्रमण रोकथाम तथा परिक्षणको दायरा बढाउन अनिश्चितकालीन निषेधाज्ञा जारी राखेको हो ।

जिल्लामा पछिल्लो समय  कोरोना भाइरस (कोभिड–१९) संक्रमितबाट मृत्यु हुनेको र नयाँ संक्रमितको संख्या निरन्तर बढिरहेकाले अनिश्चित निषेधाज्ञा जारी गरेको जनाएको छ । 

तर, यही समयमा जिल्लामा तस्करी भने बढेकाे पाइएको छ । सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाले बुधबार बिहान तस्करी भइरहेकोे ३६ किलो चरेस बरामद गरेको छ ।
 
बिहानै गस्तीमा निस्किएका सशस्त्र प्रहरीलाई देखेपछि तस्करले भारततर्फ लगिरहेको चरेस खेतमा फालेर भागेको पोखरिया बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक हरित बडुवालले जानकारी दिए ।

प्रहरी निरीक्षक बडुवालले विशेष सुराकीका आधारमा नगरपालिकाको– २ झाखराबाट बिहान ४ बजे सशस्त्रको टोलीले ठूलो परिमाणमा चरेस बरामद गरेको बडुवालले बताए । बरामद भएको चरेस ७० प्याकेटमा राखिएको ३६ किलो रहेको उनले बताए ।