१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ श्रावण २१ बुधबार ११:५१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

महोत्तरी : कोरोना संक्रमित बढ्दै, क्वारेन्टाइन र आइसोलेसन घट्दै 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २१ बुधबार ११:५१:००

महोत्तरीमा दिनानुदिन कोरोना संक्रमण बढ्दै गएको छ । मंगलबार मात्रै १४ जना सेना र एक सशस्त्र प्रहरी सहित १५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखियो । योसँगै महोत्तरीमा कुल संक्रमितको संख्या नाै सय १६ पुगेको छ ।

तर, संक्रमित बढ्दै जाँदा पिसिआर चेकजाँचको साथै क्वारेन्टाइन,आइसोलेसनको क्षमता र संख्या बढाउनुपर्नेमा बनेका क्वारेन्टाइन र आइसोलेसन पनि बन्द हुँदै गएको छ । उता सीमामा मानिसको ओहोर–दोहोर पूर्ण रूपमा बन्द हुन सकेको छैन ।

९५ क्वारेन्टाइन बनेकोमा अहिले नाैवटा मात्रै छ । संक्रमण गुणाले बढिरहेको छ, तर क्वारेन्टाइनमा बस्नेको संख्या अत्यन्तै न्यून छ ।  

जलेश्वर नगरपालिका र महोत्तरीमै संक्रमण अत्यधिक फैलिनुको कारण  सीमामा चोरबाटो भएर मानिसको आवतजावत हुनु र जिल्लाभित्रै सञ्चालनमा रहेको क्वारेन्टाइनहरू व्यवस्थित हुन नसक्नु रहेको स्थानीयको भनाइ छ ।

क्वारेन्टाइनमा राख्नुपर्नेलाई घर पठाउने, आइसोलेसनमा रहेका संक्रमितलाई विनाचेकजाँच डिस्चार्ज गर्ने तथा सामाजिक दूरी, मास्क र स्यानिटाइजरको प्रयोगमा कमी गरेका कारण कोरोना फैलिएकाे हुनसक्ने ओरेक नेपालकी लीला दियालीले बताइन् ।