मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २१ बुधबार ०९:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सामाजिक र जीवनोपयोगी शिक्षा ११ र १२ दुवैमा अनिवार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २१ बुधबार ०९:३२:००

नयाँ पाठ्यक्रमअनुसार अब कक्षा ११ र १२ मा सामाजिक र जीवनोपयोगी शिक्षा अनिवार्य विषय हुने भएको छ । यसअघि कक्षा ११ मा सामाजिक अध्ययन र कक्षा १२ मा जीवनोपयोगी शिक्षा छुट्टाछुट्टै पढाइ गर्ने निर्णय भएको थियो  । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालका अनुसार दुवै विषय मर्ज गरी एउटै बनाएर दुवै कक्षामा पढाउने निर्णय भएको छ ।

‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप–०७६’ मा कक्षा ११ मा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन अनिवार्य गरिएको थियो । यस्तै, कक्षा १२ मा नेपाली, अंग्रेजी र जीवनोपयोगी शिक्षा अनिवार्य थिए । अबदेखि कक्षा ११ को परीक्षा विद्यालयले नै लिने र राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा लिएर प्रमाणीकरण गर्ने निर्णय भएको छ ।

विद्यार्थीको ग्रेडसिटमा कक्षा १२ को मात्रै विषय र उपलब्धि उल्लेख हुने भएकाले विज्ञको सल्लाहअनुसार पाठ्यक्रम मूल्यांकन परिषद्ले विषय मर्ज गर्ने निर्णय गरेको हो । सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा विषय पनि मिल्ने र विद्यार्थीले कुन विषय अनिवार्य रूपमा पढे भन्ने पनि देखिने भएकाले सामाजिक तथा जीवनोपयोगी शिक्षा मर्ज गरिएको दाहाल बताउँछन् ।

उनका अनुसार विषय मर्ज गरी पुस्तक तयार भइरहेको छ । कक्षा ११ र १२ का विद्यार्थीले तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक विषय पढ्नुपर्ने व्यवस्था छ ।