Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2020
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण २१ बुधबार ०९:२७:००
कोरोना अपडेट डिजिटल संस्करण

पर्सामा मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

२०७७ श्रावण २१ बुधबार ०९:२७:००

पर्सामा एक युवतीको मृत्युपश्चात् कोरोना पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिकानिवासी १८ वर्षीया युवतीको अस्पताल लैजाँदै गर्दा सोमबार बाटोमै मृत्यु भएको थियो ।

पटक-पटक बान्ता भएपछि नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल ल्याउने क्रममा उनको बाटोमा मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।

बाटोमै मृत्यु भएकी १८ वर्षीया युवतीको मंगलबार राति कोरोना परीक्षण गरिएको थियो । परीक्षणको नतिजा पोजिटिभ आएको डा. उपाध्यायले बताए । योसँगै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।