मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण २० मंगलबार १९:५३:००
Read Time : < 1 मिनेट
समाचार

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख दुई लाख घुससहित पक्राउ 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २० मंगलबार १९:५३:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई घुस रकमसहित पक्रेको छ । अख्तियार बुटवल कार्यालयका सूचना अधिकृत सुरेश भुसालका अनुसार उनलाई दुई लाख घुस रकमसहित पक्राउ गरिएको हो । 

गुड्खा र चिनी व्यवसायी अनिलकुमार झाबाट घुस लिँदै छन् भन्ने सूचना पाएपछि अख्तियारको टोलीले रानाको निगरानी गरेको थियो । सोही क्रममा प्रमुख अनुसन्धान अधिकृत राना र व्यवसायी झालाई दुई लाख घुस रकम लेनदेन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । रकमसहित बुटवल उपमहानगरपालिका– १३ बुद्धचोकबाट नियन्त्रणमा लिई अनुसन्धान थालेको अख्तियारले जनाएको छ ।