मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २० मंगलबार १९:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेची अस्पतालमा पिसिआर ल्याब

Read Time : < 1 मिनेट
२०७७ श्रावण २० मंगलबार १९:२५:००

भद्रपुरस्थित मेची अस्पतालमा कोरोना परीक्षणका लागि पिसिआर मेसिन जडान भएको छ । स्विट्जरल्यान्डले प्रदेश– १ सरकारलाई मेसिन उपलब्ध गराएको हो ।

कोभिड– १९ का बिरामी बढ्दो रहेकाले मेसिन जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताए । उनका अनुसार परीक्षणका लागि चारजनाको प्राविधिक टोली तयार छ । थप दुईजना सहायक नियुक्ति प्रक्रिया अगाडि बढेको छ ।

हरेकपटकमा ९६ वटा गरी दैनिक १२ पटकसम्म परीक्षण गर्ने क्षमताको मेसिन जडान गरिएको हो । केही दिनभित्रै परीक्षण थाल्ने तयारी छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट नआइपुगेकाले तत्काल काम थाल्न नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले बताए ।

यस्तै, झापामा समुदायस्तरबाट केही अगुवाले ‘एकका लागि एक’ अभियानमार्फत पिसिआर मेसिन खरिद गरेका छन् । उनीहरूले कन्काई नगरपालिकास्थित कोटीहोममा त्यसलाई जडान गरेका छन् । उक्त मेसिनले सरकारको स्वीकृति भने पाएको छैन ।

यस्तै, अस्पतालमा संक्रमितको उपचार पनि सुरु गरिएको छ । सोमबारदेखि अस्पतालको आइसोलेसनमा संक्रमितको उपचार थालिएको मेडिकल सुपरिटेन्डेन्ट डा. ठाकुरले बताए । उनका अनुसार सोमबार झापाका पाँच संक्रमितलाई राखेर उपचार सुरु गरिएको छ । यसअघि प्रदेश– १ मा विराटनगर, धरान र गोठगाउँमा मात्र उपचार गरिँदै आएको थियो ।