१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २० मंगलबार १८:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले बोलाएको बैठकमा देउवाले भने- अनियमितता र भ्रष्टाचारको छानबिन गरी कारबाही गरियोस् 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २० मंगलबार १८:०४:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारको छानबिन गरी कारबाही गर्न माग गरेका छन् । प्रधानमन्त्री केपी ओलीले मंगलबार बोलाएको बैठकमा देउवाले सातबुँदे सुझाब र माग राखेका हुन् । 

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले राखेका सुझाब र माग यस्ता छन् 

१) हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गरियोस् । स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन, छानबिन र कारबाही गरियोस् ।

(२) नेपाली कांग्रेसले विगतदेखि नै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न विषय सम्बोधन गरेर युद्धस्तरमा कार्य गर्न विशेष ध्यानाकर्षण गराउँदछु–
-आरडिटी परिक्षण स्थायी रूपले अन्त्य ।
-सम्पूर्ण रूपले पिसिआर परीक्षण गर्दै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल प्रारम्भ गर्ने गरी आवश्यक बन्दोबस्त ।
-स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध । अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता । आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध ।
-मापदण्डअनुरूप क्वारेन्टाइनहरूको यथाशीघ्र व्यवस्थापन ।
-विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्धार गरी क्वारेन्टाइन र परीक्षणपश्चात् घर पुऱ्याउने व्यवस्था ।
-नेपालीको उद्धार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सीमानाका सिल ।
-सुरक्षाका लागि मास्क लगाउने अनिवार्यतासँगै चेतनामूलक अभियानमा आमसञ्चारका माध्यमको व्यापक प्रयोग ।

(३) परिस्थितिअनुरूपका रणनीति निर्माण गर्नविज्ञहरूसँग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस् ।

(४) विभिन्न दल, संघसंस्था र आमसञ्चारमाध्यमका सुझाब नियमित रूपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात् गरियोस् ।

(५) उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस् ।

(६) विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरूको जीवन रक्षा गरियोस् ।

(७) वर्ग, क्षेत्र र परिस्थिति हेरी राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन व्यवस्थित ढंगले गरियोस् ।