Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ६ मंगलबार
  • Tuesday, 22 September, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २० मंगलबार १६:३६:००
कोरोना अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित थप एकजनाको निधन, हालसम्म मृत्यु हुनेको संख्या ५८ पुग्यो 

नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २० मंगलबार १६:३६:००

कोरोना संक्रमण भएका मोरङ जिल्लाको विराटनगर महानगरपालिका– ५ का ७७ वर्षीय पुरुषको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मधुमेह र रक्तचापका बिरामी उनको सोमबार निधन भएको हो ।

ज्वरो तथा श्वास–प्रश्वासमा समस्या आएपछि मंगलबार नै कोसी अस्पतालको आइसोलेसनमा उनलाई भर्ना गरिएको थियो । 

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संंख्या ५८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।