मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका रुपन्देही
२०७७ श्रावण २० मंगलबार १४:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुटवलका राजस्व अधिकृत घुस लिएको अभियोगमा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुपन्देही
२०७७ श्रावण २० मंगलबार १४:४५:००

आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले मंगलबार नियन्त्रणमा लिएको छ । 

बुटवल–१३ बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुसबापत दुई लाख रुपैयाँ लेनदेन गर्दै गरेको अवस्थामा रानालाई नियन्त्रणमा लिएको कार्यालय प्रमुख भीष्मराज भुसालले जानकारी दिए । 

रानाले व्यापारीसँग हरेक महिना पैसा लिने गरेको सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा बिहान साढे १० बजे पक्राउ गरिएको आयोगले जनाएको छ ।  राससका अनुसार यसअघि सोमबार स्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका दुई कर्मचारीलाई आठ लाख ९८ हजार नगदसहित आयोगले पक्राउ गरेको थियो ।