मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण २० मंगलबार १३:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

क्षयरोगको कारण निकुञ्जको हात्तीको मृत्यु 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २० मंगलबार १३:५५:००

चितवन राष्ट्रिय निकुञ्जमा रहेको दीपेन्द्र गज हात्ती क्षयरोगका कारण मरेको छ । ४८ वर्षको भाले हात्ती सोमबार साँझ मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी प्रकाश उप्रेतीले जानकारी दिए । 

भाले हात्ती निकुञ्जको सौराहाकोे हात्तीसारमा थियो । विगत तीन महिनादेखि बिरामी परेको हात्तीको विभिन्न परीक्षण गर्दा क्षयरोगसहित अन्य समस्या रहेको उप्रेतीले बताए ।

चितवन राष्ट्रिय निकुञ्ज वरिष्ठ पशु चिकित्सक डाक्टर विजयकुमार श्रेष्ठका अनुसार आइतबार साँझ अचानक हात्ती उभिएको स्थानबाट ढलेपछि सोमबार दिउँसो मृत्यु भएको थियो । 

उनका अनुसार हात्तीमा लागेको क्षयरोगको उपचारका लागि एक वर्षको उपचार विधि हुन्छ भने करिब आठ लाखसम्म खर्च हुने गरेको छ । अहिले मृत्यु भएको भनिएको हात्ती दीपेन्द्र गज मानिससँग नजिक रहेको अनुशासित हात्ती भएको बताइएको छ ।