मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २० मंगलबार १३:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शरीरमा आफैँले आगो लगाएका क्वारेन्टाइनका सुरक्षागार्डको उपचारका क्रममा मृत्यु

Read Time : < 1 मिनेट
२०७७ श्रावण २० मंगलबार १३:३१:००

रुपन्देहीको देवदहस्थित क्वारेन्टाइनका सुरक्षागार्डको मृत्यु भएको छ ।

देवदह–५ मितेरी टोलका २४ वर्षीय विपिन बस्यालले मंगलबार बिहान करिब ४ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका थिए ।

 उपचारका क्रममा उनको  मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनको शरीरको अगाडिको भाग, अनुहार, हात, खुट्टा सबै जलेको र उपचारका लागि देवदह मेडिकल कलेज लगेकोमा उपचार हुन नसकी थप उपचारका लागि मिसन अस्पताल पाल्पा लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जनाएका छन् । 

बस्यालले देवदह– ७ स्थित मगर संघ भवन शीतलनगर क्वारेन्टाइनमा रहेका व्यक्तिको रेखदेखको (गार्ड)  काम गर्दै आएका थिए ।

घटनाबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।