मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २० मंगलबार १२:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना कहर : बढ्दो कोराेना संक्रमण नियन्त्रणबारे प्रधानमन्त्री ओली स्वास्थ्य विज्ञहरूसँग छलफलमा, नेता देउवा र ठाकुर पनि सहभागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २० मंगलबार १२:२६:००

काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा बढ्दो रूपमा देखिएको काेरोनाको संक्रमण नियन्त्रणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञहरूसँग छलफल गरेका छन् । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा अहिले छलफल चलिरहेको छ । 

छलफलमा झन्डै डेढ दर्जन जति जनस्वास्थ्यविद्हरू सहभागी रहेको स्रोतले जनाएको छ । 

साथै प्रधानमन्त्री र स्वास्थ्य विज्ञहरूसँगको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरसमेत सहभागी रहेका छन् । 

पछिल्ला दिनमा बढ्दो क्रममा देखिएको कोरोनाको संक्रमण नियन्त्रणका लागि के–कस्तो उपाय अवलम्बन गर्ने ? भन्ने विषयमा छलफल केन्द्रित रहेको छ । 

कोरोनाको संक्रमण रोकथामका लागि पुनः लकडाउन लगाउनुपर्ने चर्चा चलिरहेका वेला प्रधानमन्त्री सरोकारवालासहित प्रतिपक्षी दलका नेताहरूसँग छलफल गर्न जुटेका हुन् । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा समेत पुनः लकडाउन लगाउनुपर्ने विषयमा चर्चा उठेको थियो । सोमबारकाे मन्त्रिपरिषद् बैठकमा यसबारेमा सरोकारवाला विज्ञहरूसँग छलफल गरेर आवश्यक निर्णय लिने ठहर गरिएको थियो । 

सोहीअनुसार मंगलबार विज्ञहरूलाई बोलाएर छलफल गर्ने र उनीहरूले दिएको सल्लाहका आधारमा आगामी कदम सरकारले चाल्ने बुझिएको छ । 

यसअघि लकडाउन घोषणा गर्नुअघि पनि सरकारले जनस्वास्थ्यविद्हरूसँग छलफल गरेपछि मात्र निर्णय लिएको थियो ।