मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २० मंगलबार ११:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २० मंगलबार ११:४६:००

गोरखामा बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका– ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी)  सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । 

आफ्नै वडाभित्रकी एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  अनुसन्धानका लागि वडाध्यक्ष रानाभाटलाई पक्राउ गरिएको उनले बताए । ‘पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो,’ प्रहरी उपरीक्षक गुरुङले भने, ‘पक्राउ परेका रानाभाटविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।’

पक्राउ परेका वडाध्यक्ष रानाभाटले यसअघि पनि पटकपटक पीडित बालिकालाई बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । वडाध्यक्ष रानाभाटलाई नियन्त्रणमा लिन पालुङटार क्षेत्रमा साँझ ठूलो संख्यामा प्रहरी परिचालनसमेत गरिएको थियो । रासस