मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
रमेश रावल सुर्खेत
२०७७ श्रावण २० मंगलबार ११:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णाली प्रदेशका चार जिल्ला कोरोनामुक्त

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७७ श्रावण २० मंगलबार ११:२०:००

कर्णाली प्रदेशका चार जिल्ला कोरोनामुक्त जिल्ला भएका छन् । कर्णालीका रुकुम पश्चिम, हुम्ला, डोल्पा र जुम्ला कोरोनामुक्त जिल्ला भएका हुन् । 

रुकुम पश्चिमका २६ जना, हुम्लाका पाँचजना, डोल्पाका चारजना र जुम्लाका ४० जनामा कोरोना संक्रमण देखिएको भए पनि उनीहरू निको भएर डिस्चार्ज भइसकेको र हाल संक्रमितको संख्या नभएसँगै यी जिल्लाहरू कोरोनामुक्त जिल्ला भएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाले जनाएको छ । 

हाल कर्णालीका ६ जिल्लामा मात्र कोरोनाका संक्रमित बिरामी रहेको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।  

महाशाखा प्रमुख डा. तिवारीका अनुसार सुर्खेतमा ३५ जना, दैलेखमा एक सय २४ जना, जाजरकोटमा १२ जना, सल्यानमा नाैजना, कालिकोटमा १२ जना र मुगुमा एकजना गरेर एक सय ९३ जना अहिले प्रदेशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा रहेको डा. तिवारीले बताए । 

‘कर्णालीमा संक्रिय संक्रमितको संख्या दुई सय ११ जना रहेका छन् । अहिले केही आइसोलेसन सेन्टर र अस्पतालमा जाने क्रममा हुनुहुन्छ,’ उनले भने, ‘केही चिकित्सक र स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा समेत रहनुभएको छ ।’