मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण १९ सोमबार २२:१३:००
Read Time : < 1 मिनेट
समाचार

बालिका बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ 

Read Time : < 1 मिनेट
२०७७ श्रावण १९ सोमबार २२:१३:००

पालुङटार नगरपालिका– ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । स्थानीय १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले जानकारी दिए । बिहेको प्रलोभन देखाई जबर्जस्ती करणी गरेको आरोपमा अन्दाजी ४७ वर्षीय रानाभाटलाई सोमबार पक्राउ गरेको एसपी गुरुङले बताए । 

एसपी गुरुङका अनुसार बिहे गर्छु भन्दै रानाभाटले पटकपटक बलात्कार गर्दै आएको पीडित पक्षले दिएको जाहेरीमा उल्लेख छ । सोही जाहेरीको आधारमा वडाध्यक्ष रानाभाटलाई पक्राउ गरिएको हो । रानाभाट तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित वडाध्यक्ष हुन् ।