मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण १९ सोमबार २१:२०:००
Read Time : < 1 मिनेट
समाचार

स्रोत नखुलेको नौ लाखसहित प्रमुख संरक्षण अधिकृत र सहायक अधिकृत अख्तियारको नियन्त्रणमा

Read Time : < 1 मिनेट
२०७७ श्रावण १९ सोमबार २१:२०:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई स्रोत नखुलेको करिब नौ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको छ । अख्तियार बुटवलका सूचना अधिकृत सुरेश भुसालका अनुसार उनीहरूलाई सोमबार रुपन्देहीबाट स्रोत नखुलेको आठ लाख ९८ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । 

उनीहरू रकम लिएर कार्यालयको बा.२झ १८७३ नम्बरको गाडीमा यात्रा गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । भट्टराई र रोकायसँग स्रोत नखुलेको तीन लाख ४८ हजार नगद  र विभिन्न मितिको बैंक भौचर पाँच लाख ५० हजार गरी आठ लाख ९८ हजारसहित सैनामैना नगरपालिका– १० रुपन्देहीबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ  ।