मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण १९ सोमबार २०:२४:००
Read Time : > 1 मिनेट
समाचार

पहिरोले रसुवाको फूलबारी गाउँका तीन घर भत्कायो 

Read Time : > 1 मिनेट
२०७७ श्रावण १९ सोमबार २०:२४:००

आमाछोदिङमाे गाउँपालिका– १ हाकुस्थित फूलबारीका तीन घर पहिरोले भत्काएको छ । आइतबार राति गएको पहिरोले हाकुस्थित फूलबारीमा तीनवटा घरमा पूर्ण क्षति भएको हो ।

स्थानीय सुकबहादुर तामाङ, तार लामा र लोप्साङ लामाको घर पहिरोले भत्काएको हो । घरमाथिबाट पहिरो जान सुरु गरेपछि करिब दुई साताअघि तीन परिवार भने सदरमुकाम धुन्चेमा भाडामा बस्दै आएको छ । जसकारण मानवीय क्षति भने हुन पाएन । खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा घरमै रहेकोले ती सबै सामान नष्ट भभएको सुकबहादुर तामाङले बताए । ‘भूकम्पपछि जसोतसो गरेर घर बनाएको थिएँ, त्यो पनि पहिरोले लग्यो,’ उनले भने, ‘सुरक्षित भइन्छ कि भनेर सदरमुकाममा आएर कोठा भाडामा लिएर बसेका छौँ, कति दिन बस्नुपर्ने हो यहाँ, हामीलाई त पहिला पनि भूकम्पले ठग्यो अहिले पहिरोले ।’ 

फूलबारीका २५ परिवार विस्थापित
पहिरोका कारण फूलबारीका २५ परिवारका एक सय ३५ जना विस्थापित भएका छन् । पहिरो प्रभावित गाउँका २५ परिवारलाई सोमबार वडाध्यक्षको नेतृत्वमा हाकुबेसीस्थित सुरक्षित ठाउँमा सारिएको तामाङले बताए । 
यसैगरी उत्तरगया गाउँपालिका–२ डाँडागाउँस्थित नयाँ बस्ती, गत्लाङलगायतकाका बस्तीमा समेत पहिरो क्षति पुऱ्याएको छ । स्याफ्रु–रसुवागढी सडकखण्डमा दैनिकजसो जाने पहिरोले सवारीसाधन सञ्चालन गर्न तथा आवतजावतमा समेत समस्या हुँदै आएको छ । 

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध
आइतबार रातिको वर्षासँगै सडक भासिएपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । धुन्चे–स्याफ्रुबेसी सडकखण्डको भार्खुडाँडामा सडक भासिएपछि अवरुद्ध भएको हो ।


पहिरोले आधा सडक नै भासिएकोले सडक सञ्चालनका लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक इन्द्र सुवेदीले बताए । ‘ठूलो पहिरो गएको कारण तत्काल सडक सञ्चालनमा आउने सम्भावना छैन, आधा सडक पहिरोले लगेको छ,’ उनले भने । रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडक पनि १ साउनदेखि बन्द छ ।