मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण १९ सोमबार १९:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सालनाल खस्न ढिलो हुँदा सुत्केरीको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ श्रावण १९ सोमबार १९:११:००

कुशे गाउँपालिका– ५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको ६ घन्टापछि मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो ।

बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो । सालनाल निकालेलगत्तै बेहोस भएकी उनकोे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले बताए । 

पुनले यसअघि दुईजना छोरीलाई जन्म दिएकी थिइन् । शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उनको मृत्यु भएको श्रीमान् अमृत पुनले बताए । उनका अनुसार नवजात शिशुको अवस्था भने सामान्य छ ।