मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
श्रवण थापा सर्लाही
२०७७ श्रावण १९ सोमबार १६:४८:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सर्लाहीमा फेरि पिसिआर परीक्षण गर्ने निर्णय, ६ हजारको स्वाब संकलन गरिने

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ श्रावण १९ सोमबार १६:४८:००

सर्लाहीका सम्पूर्ण पालिकाहरूमा फेरि पिसिआर परीक्षण गर्ने जिल्ला विपत् व्यवस्थापन समितिले निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले २० वटै पालिकामा प्रतिपालिकामा ३ सयजनाको नमुना स्वाब संकलन गर्ने निर्णय भएको हो ।

छिमेकी जिल्लाहरूमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको अवस्थामा सर्लाहीमा पनि त्यस्तो अवस्था आउन सक्ने भन्दै स्वाब संकलन गरेर कोरोना भाइरस परीक्षण गर्ने तयारी गरिएको जिल्ला विपत् व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

यसरी तत्काल जिल्लाका व्यापारी, नापी, मालपोत कार्यालयका कर्मचारी, बैंक तथा वित्तीय संस्था र स्थानीय पालिकाका कर्मचारी, प्रहरीलगायतको गरी ६ हजार स्वाब संकलन गरेर परीक्षण गरिने प्रजिअ पौडेलले बताए ।

त्यस्तै, सोही बैठकले एक हप्तासम्म हाटबजार, ठूला भिडभाड हुने सभा–सम्मेलन, भोज–भतेरजस्ता धार्मिक, राजनीतिक, आर्थिक र सामाजिक क्रियाकलाप बन्द गरिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

यस्तै, अत्यावश्यकबाहेकको सवारी आवागमनसमेत निषेध गर्ने बैठकले निर्णय गरेको छ । उक्त बैठकले भारतका विभिन्न प्रान्तमा काम गरेर फर्किएका नागरिकलाई अवस्था हेरेर सार्वजनिक वा होम क्वारेन्टाइनमा बस्ने र संक्रमितलाई सुविधासम्पन्न आइसोलेसनमा राख्ने प्रबन्ध मिलाउन स्थानीय निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ ।