मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १९ सोमबार १६:३८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौं उपत्यकाका थप ५१ जनामा कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १९ सोमबार १६:३८:००

उपत्यका काठमाडौंका तीन जिल्लामा सोमबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ 

काठमाडौं जिल्लामा ४३ जना, ललितपुरमा तीन जना र भक्तपुरमा पाँच जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका १७ जना, राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडाैंका आठ र भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी वीर अस्पतालमा गरिएको परीक्षमा काठमाडौंका दुई जना, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका दुई जना, त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पाटन अस्पताल काठमाडौंका पाँच, ललितपुरका दुई र भक्तपुर चार जनामा पुष्टि भएको छ । 

स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडैंका पाँच र ललितपुरका एक जनामा संक्रमण भेटिएको हो ।

वीरेन्द्र अस्पताल छाउनीमा गरिएको परीक्षणमा काठमाडौंका तीन जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।