१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
श्रवण थापा सर्लाही
२०७७ श्रावण १९ सोमबार १६:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकलबाट लडेकी घाइते महिलाको उपचारको क्रममा मृत्यु

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ श्रावण १९ सोमबार १६:२९:००

श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर घाइते महिलाको उपचारको क्रममा मृत्यु भएको छ । 

सोमबार बिहान सर्लाहीको हरिपुर नगरपालिका– ४ मलंगवा–नवलपुर सडकखण्डअन्तर्गत हरैयामा बा.९प ९९३५ नम्बरको मोटरसाइकलमा सवार सोही स्थान बस्ने ४० वर्षकी महिला सञ्जु देवी लडेर घाइते भएकी थिइन् । 

श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर घाइते भएकी उनको जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि वीरगन्ज पठाइएको थियो । 

वीरगन्जको न्युरो अस्पतालमा उपचारको क्रममा उनकाे दिउँसो मृत्यु भएको आफन्तले बताएका छन् । 

मृतक देवी बिहान श्रीमानसँगै जिल्ला सदरमुकाम मलंगवातर्फ जाँदै गर्दा मोटरसाइकलबाट लडेकी प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । 

मृतकको शव वीरगन्जस्थित अस्पतालमै राखिएको छ । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।