मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण १९ सोमबार १५:३९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

प्रदेश १ मा ५७ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित एक हजार एक सय २८ पुग्यो

Read Time : < 1 मिनेट
२०७७ श्रावण १९ सोमबार १५:३९:००

प्रदेश १ मा सोमबार ५७ जना कोरोना संक्रमित थपिएका छन् । 

जसमा मोरङमा ४६, झापामा ६ र सुनसरीमा पाँचजना कोरोना संक्रमित थपिएका हुन् । 

प्रदेश सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखाका अनुसार मोरङको विराटनगर महानगरमा १६ पुरुष, ६ महिला, रंगेली नगरपालिकामा १३ पुरुष, नाै महिला, कटहरी गाउँपालिकामा दुई महिला, झापाको अर्जुनधारा नगरपालिकामा पाँच पुरुष, बिर्तामोड नगरपालिकामा एक महिला संक्रमित पाइएका छन् । 

त्यसैगरी  सुनसरीको इटहरी उपमहागरपालिकामा तीन, धरान उपमहानगरपालिका र इनरुवा नगरपालिकामा एक–एकजना  पुरुष संक्रमित पाइएका छन् ।  

सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या सोमबारसम्ममा एक हजार एक सय २८ पुगेको छ । 

प्रदेशमा सोमबारसम्म  डिस्चार्ज हुनेको संख्या आठ सय २९ पुगेको छ । 

प्रदेशबाट सोमबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट तीन महिला र पाँच पुरुष डिस्चार्ज भएका छन् ।