मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७७ श्रावण १९ सोमबार १४:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एसिड छ्याप्नेविरुद्ध दण्ड–सजाय कडा बनाउन संसदीय समितिको निर्देशन (भिडियाेसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं 
२०७७ श्रावण १९ सोमबार १४:३३:००

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले तेजाव छ्याप्नेविरुद्ध दण्ड–सजायको लागि कडा कानुन बनाउन सरकारलाई निर्देशन दिएको छ । 

तेजावपीडितसँग सोमबार छलफल गरेपछि समितिले दण्ड–सजायलाई समयसापेक्ष परिमार्जन गर्न आवश्यक देखिएको ठहर गरेको हो ।

समितिले सोहीअनुसार कानुन संशोधन प्रक्रिया अघि बढाउन नेपाल सरकार र गृह मन्त्रालयलाई निर्देश गरेको छ ।

त्यसैगरी समितिले एसिडको बिक्री–वितरणलाई पनि नियन्त्रित गर्न, खरिदकर्ताको अभिलेख राख्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकले एसिडपीडितलाई सरकारी रोजगारीमा प्राथमिकता दिन, प्रभावकारी औषधोपचारको व्यवस्था गर्न, उच्च शिक्षासम्म अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

भिडियाे