१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ श्रावण १९ सोमबार १३:४२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

यसरी मनाए बटुकहरूले जनैपूर्णिमा (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ श्रावण १९ सोमबार १३:४२:००

आज श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा, रक्षाबन्धन पर्व देशभर नवयज्ञोपवित एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । वैदिक सनातन धर्मावलम्बीले आजको दिन नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेपछि जौ, तिल, कुशद्वारा ऋषिहरूरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने गरिन्छ ।

सनातन धर्ममा गुरु–पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवित र रक्षासूत्र धारण गरेमा नकारात्मक भाव र तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

पशुपति मन्दिर र राममन्दिरका बटुकहरूले मनाएको जनैपूर्णिमालाई नयाँ पत्रिकाकर्मी दीपेन्द्र ढुंगानाले यसरी क्यामेरामा कैद गरे ।