मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एएनआइ नयाँ दिल्ली
२०७७ श्रावण १९ सोमबार १३:३८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतमा कोरोना संक्रमितको संख्या १८ लाख नाघ्यो, झन्डै १२ लाख निको भए 

Read Time : < 1 मिनेट
रासस/एएनआइ नयाँ दिल्ली
२०७७ श्रावण १९ सोमबार १३:३८:००

भारतमा सोमबारसम्ममा कोरोना संक्रमितको संख्या १८ लाख नाघेको छ ।

संक्रमितमध्ये ११ लाख ८६ हजार दुई सय तीनजना भने निको भइसकेका छन् ।

हाल सक्रिय संक्रमित पाँच लाख ७९ हजार तीन सय ५७ जना मात्र छन् ।

पछिल्लो २४ घन्टामा मात्र भारतमा थप ५२ हजार नौ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल संक्रमितको संख्या १८ लाख तीन हजार ६ सय ९६ पुगेको छ । 

भारतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ हजार एक सय ३५ छ । त्यसमध्ये विगत २४ घन्टामा मात्र सात सय ७१ जनाको मृत्यु भएको थियो ।

भारतको महाराष्ट्र राज्य कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ । महाराष्ट्रमा एक लाख ४८ हजार आठ सय ४३ जना संक्रमित अवस्थामा छन् । त्यहाँ १५ हजार पाँच सय ७६ जनाको निधन भइसकेको छ ।

हालसम्म महाराष्ट्रमा चार लाख ४१ हजार दुई सय २८ जनामा संक्रमण देखिएको छ । 

कोरोनाबाट बढी प्रभावित दोस्रो राज्यमा तमिलनाडु र तेस्रोमा राजधानी रहेको दिल्ली छ ।