मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १९ सोमबार १३:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुस्कान खातुनकाे उत्साह : अपराधीले मेरो मुख जलाएको हो, सपना हाेइन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १९ सोमबार १३:१४:००

एसिडपीडित मुस्कान खातुनले अपराधीले आफ्नो मुख जलाए पनि सपना नजलाएको भन्दै आफ्नाे सपना प्राप्तिमा निरन्तर लागिरहने बताएकी छिन् ।

संसद्को महिला समितिको बैठकमा सोमबार खातुनले भनिन्, ‘यो देशमा केेही गर्ने रहर छ, सपना छ । एसिड छ्यापेर अपराधीले मेरो अनुहार जलाए, तर सपना जलाउन सकेको छैन। यो देशमा बसेर केही गर्ने सपना अझै पनि छ।’

खर्चको अभावमा अहिले पनि समस्या भइरहेको उनको भनाइ थियो । डाक्टरले दैनिक चार–पाँचपटक औषधि लाउनुपर्छ भने पनि खर्चको अभावले एकपटक मात्रै लगाउने गरेको उनले बताइन् । 

उनले भनिन्, ‘खर्चको समस्या धेरै छ । सबैभन्दा ठूलो पीडा त मेरो आमाबुबालाई हुन्छ । आफ्ना छोराछोरीलाई यो रूपमा देख्दा उहाँहरूलाई निकै गाह्राे हुन्छ ।’