१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण १९ सोमबार १३:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनैपूर्णिमामा काभ्रेको गोसाइँकुण्डमा दर्शनका लागि पुगे श्रद्धालु

Read Time : < 1 मिनेट
२०७७ श्रावण १९ सोमबार १३:०४:००

काभ्रे जिल्लाको बनेपा नगरपालिका– ६ स्थित गोसाइँकुण्डमा भक्तजनको भिड लागेको छ । 

कोरोना संक्रमणको त्रासबीच पनि सयौँ श्रद्धालु दर्शनका लागि गोसाइँकुण्ड पुगेका हुन् ।

रसुवाको गोसाइँकुण्ड पुग्न नसक्ने भक्तजनहरूरु बनेपाको गोसाइँस्थान मन्दिरमा आई पूजाआजा र दर्शन गर्छन् । 

मेलामा ब्राह्मणको हातबाट जनै लगाउने, रक्षाबन्धन गर्नेहरूको पनि उत्तिकै भिड लाग्छ । 

मेला भर्न काभ्रेको विभिन्न स्थानका साथै काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुलीलगायत जिल्लाका भक्तजन आइपुगेका छन् ।

हरेक वर्ष लाग्ने जनैपूर्णिमाको मेला, यसपटक कोरोना संक्रमणको सन्त्रासका कारण नगरपालिका र गोसाइँस्थान संरक्षण समितिले औपचारिक रूपमा नमनाउने निर्णय गरेका थिए ।

विज्ञप्ति नै जारी गरेर निर्णय गरेको भए पनि श्रद्धालु भक्तजन भने जान रोकिएनन् ।