Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १९ सोमबार ११:०८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सुन तस्कर भगाउने प्रहरीलाई संगठित अपराध मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १९ सोमबार ११:०८:००

सुन तस्कर भगाएको अभियोगमा दुई प्रहरी जवानविरुद्ध संगठित अपराध मुद्दा अगाडि बढेको छ । प्रहरी वृत्त दरबारमार्गका जवानद्वय बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठलाई थुनामा राख्न महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार म्याद लिएको छ । गत बुधबार उनीहरूले साढे १४ किलो चाँदी र आधा किलो सुन बरामद गरेका थिए । बरामद सुन लुकाउन उनीहरूले एक तस्करलाई भगाएको पुष्टि भएपछि मुद्दा अगाडि बढाइएको हो ।

गत मंगलबार प्रहरीले सुन्धाराबाट सुन र चाँदी बरामद गरेको थियो । निलेश सखियासँग सुन र पेस्तोल भएको झोला लिई उनीहरूले सखियालाई फर्काएका थिए । प्रहरीको पछिल्लो अनुसन्धान निष्कर्षअनुसार एक किलो सुन लुकाउन कडायतले सखियालाई छाडिदिएका थिए ।

सुराकीले दिएको सूचनाअनुसार उनीहरूले गाडीलाई पछ्याएका थिए । प्रहरीले पछ्याएको थाहा पाएपछि सुन र पेस्तोलसहितको झोला लिएर सखिया गाडीबाट उत्रेर सार्वजनिक बस चढ्न लाग्दा कडायतले पक्राउ गरेका थिए । सखियाले सुन लिएर आफूलाई छाड्न भनेपछि सुन्धाराको आकासेपुलमा झोला लेनदेन भएको थियो ।